काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा छापावाला सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ ।
सोमबार छापावाला सुनको मूल्य १ लाख ९३ हजार ७०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । सोमबारका लागि छापावाला सुन प्रति १० ग्रामको मूल्य भने १ लाख ६६ हजार ६५ रुपैयाँ तोकिएको छ ।
महासंघले सोमबारका लागि चाँदीको मूल्य भने स्थिर राखेको छ । यो सँगै सोमबारका लागि पनि चाँदीको मूल्य प्रतितोला २ हजार २८५ रुपैयाँ तोकिएको छ , जुन आइतबारको पनि मूल्य हो । सोमबार चाँदी प्रति १० ग्रामको मूल्य भने १ हजार ९५९ रुपैयाँ तोकिएको छ ।


