उल्लासपुर्ण २७ बर्षपुरा गरि एन आई सी एशिया बैंक २८ औं वर्षमा प्रवेश

काठमाडौं । एन आई सी एशिया बैंक २८ औं वर्षमा प्रवेश गरेको छ । २८ औं बर्ष प्रवेश गरेको अबसराम बैङकले  अनवरत रुपमा अगाध स्नेह एवं भरोसा दर्शाइ सबैको “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” बन्न अतुलनीय योगदान दिने समस्त ग्राहक महानुभावहरु, नियामक निकायहरू, शेयरधनी, कर्मचारीहरू लगायत सम्पूर्ण सरोकारवालाहरू लाई धन्यबाद ज्ञापन गरेको छ ।

बैङ्कले आजसम्म आइपुग्दा नेपालको वित्तीय क्षेत्रमा जति योगदान गर्न सफल भयो यसको श्रेय सरोकारवाला मा निहित हुने जनाएको छ  । साथै, आगामी दिनमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवम् सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाईको बैंक बन्ने अठोट लिएको जनाएको छ  ।

डिजिटल फष्ट बैंक बन्ने अभिप्रायले अग्रसर भइरहेको बैंकले आफ्नो भौतिक उपस्थिति समेत दरिलो बनाउदै लगेको बताएको छ । बैङ्कका  मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर एवं ४२ वटा शाखा रहित शाखा सञ्जालबाट लाखौं ग्राहकमाझ गतिशील बैंकिङ्ग पार्टनरको रुपमा जोडिएको बताएको छ ।

बैङ्कले देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु र्‍याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै डिजिटल भुक्तानीलाई अझ सशक्त बनाउँदै वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा समेत शाखा विस्तार गरी निर्वाध रुपमा बैंकिङ्ग सेवा देशको कुनाकुनामा पु र्‍याउन हामी सफल भएको बताएको छ  ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार