नबिल डिबेन्चर २०८९” को सार्वजनिक निष्काशन तथा बिक्री खुला

काठमाडौं । नविल बैङ्कको ८ वर्ष अवधि तथा वार्षिक ७ प्रतिशत ब्याजदर भएको “७% नबिल डिबेन्चर २०८९” को सार्वजनिक निष्काशन तथा बिक्री खुला भएको छ । ८ वर्ष अवधि भएको  ऋणपत्र प्रति ऋणपत्र  १,०००/- अङ्कित मूल्यका ३० लाख कित्ताले हुने ३ अर्ब बराबरको ऋणपत्र मध्ये १८ लाख कित्ता ऋणपत्र१ अर्ब ८० करोड ऋणपुँजी रकम व्यक्तिगत तबर (Private Placement) बाट बिक्री गर्ने छ भने   १२ लाख कित्ता ऋणपत्र १ अर्ब २० करोड ऋणपुंजी रकम (जसमध्ये ५% अर्थात् ६०,००० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँडफाँड गरिएको समेत गरिसकेको छ  गते मंगलबारदेखि निष्काशन तथा बिक्री खुला गरिएको छ  ।

यो ऋण पत्रमा न्यूनतम ऋणपत्र: २५ कित्ता र  दरखास्त दिने पाउने अधिकतम ऋणपत्र  ११,४०,००० कित्ता मा आवेदन दिन सकिने छ ।

दरखास्त साथ प्रति ऋणपत्र अङ्कित मूल्य रु. १,०००/- को दरले (शत प्रतिशत) भुक्तानी माग गरिएको ।

ऋनपत्रमा आबेदन दिने इचछुक आबेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा (ASBA) सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सि-आस्बा (CASBA) प्रणाली मार्फत् आवेदन दिन सक्नेछन् ।

ऋणपत्र निष्काशन बन्द छिटोमा २०८२साउन ९ बैंकिङ्ग समय पश्चात्  र ढिलोमा २०८१ साउन २०  सम्म आवेदन दिन सकिने छ

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार