१८ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा छापावाला सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले बढेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँ तोकिएको छ । सोमबार भने छापावाला सुनको मूल्य १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबारका लागि छापावाला सुन प्रति १० ग्रामको मूल्य भने १ लाख ६७ हजार ६१० रुपैयाँ तोकिएको छ ।

महासंघका अनुसार मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ बढेको छ । मंगलबार चाँदी प्रतितोलाको मूल्य २ हजार ३२० रुपैयाँ तोकिएको छ । यो सँगै सोमबारका लागि पनि चाँदीको मूल्य प्रतितोला २ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदी प्रति १० ग्रामको मूल्य भने १ हजार ९८९ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार