काठमाडौं ।हाल नेपालीको लागि फलफलूहरु मध्ये आँपको खाने बेला रहेको छ तर पछिल्लो एक वर्षमा नेपालीहरुले ६४ करोड भन्दा बढीको आँप खाएका छन् । सरकारी तथ्यांक अर्थात् भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा व्यवसायीहरुले ६४ करोड २७ लाख ५८ हजार बराबरको आँप आयात गरेका छन् ।
विभागका अनुसार उक्त मूल्य बराबरको १२ लाख ९३ हजार ३८९ किलोग्राम आँप आयात गरिएको हो ।
आपमात्र नभई अम्बा, कटर, एभोकाडो लगायतका फलफूल समेत उच्च आयात भएको छ । गत आवमा ६ करोड ४५ लाख ९५ हजारको अम्बा, १४ करोड ८ लाख ६७ हजारको कटर र ९ करोड ५९ लाख २० हजारको एभोकाडो आयात गरिएको छ ।
अम्बा १२ लाख ९३ हजार ३८९ किलोग्राम, कटर ३२ लाख ५१ हजार ४८१ किलोग्राम र एभोकाडो २ लाख २७ हजार ३८२ किलोग्राम आयात गरिएको हो । यसबाहेक स्याउ, सुन्तलता, केरा लगायतका फलफूल समेत करोडौं बराबरको आयात गरिन्छ । सरकार तथा राष्ट्र बैंकले किसानहरुलाई फलफूलका लागि लगानी तथा कर्जा उपलब्ध नगराउँदा वार्षिक अबौं रुपैयाँको फलफूल आयात गर्नुपर्ने वाध्यता रहेको छ ।

