सिन्धु विकास बैंकको नाफामा उल्लेख्य वृद्धि हुनुको कारण यस्तो

काठमाडौं । सिन्धु विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ११ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २८७ प्रतिशत धेरै हो । गत वर्षको सोही अवधिमा बैंकले ३ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी १९ करोड १४ लाखबाट घटेर १३ करोड ३७ लाख रुपैयाँ कायम भएको छ । यता, कम्पनीले १७ करोड ९० लाख रुपैयाँ इन्पेयरमेन्ट चार्ज रिभर्स गरेको छ । उक्त चार्ज रिभर्स हुँदा नाफा सुधार आएको हो । ५५ करोड ७४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको रिटेन्ड अर्निङ भने ऋणात्मक छ ।

जगेडा कोषमा १३ करोड ३४ लाख रुपैयाँ जम्मा रहेको छ । प्रतिसेयर आम्दानी २१.१५ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ ८६.७० रुपैयाँ छ । एनपीएल पनि १०.६३ प्रतिशतबाट घटेर ६.०३ प्रतिशत कायम भएको छ । आरओई २४.३९ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार