काठमाडौं । रिलायबल नेपाल लाइफ इन्सुरेन्स र स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकरण हुने अन्तिम तयारीमा छ । यी कम्पनीहरुले सेयरधनीलाई गत वर्ष वितरण गरेको बोनस सेयर सूचीकरण हुँदैछ ।
रिलायबल नेपालले आर्थिक वर्ष २०८०-८१ को नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस दिएको थियो । कम्पनीको ५५ लाख ६८ हजार कित्ता बोनस सूचीकृत हुँदैछ । यता, स्वाभिमानले ५ प्रतिशत बोनस वितरण गरेको थियो । यस कम्पनीको ७३ हजार ६९ कित्ता सेयर सूचीकृत हुँदैछ ।

