काठमाडौं । चिनियाँ लग्जरी विद्युतीय सवारी साधन ‘फोर्थिङ फ्राइडे इभी’ नेपाली बजारमा सार्वजनिक हुने भएको छ। पहिलोपटक सन् २०२३ मा चीनमा सार्वजनिक गरिएको यो प्रिमियम इलेक्ट्रिक एसयुभी नाइमा अटो शोमार्फत सार्वजनिक गर्ने तयार गरिएको आधिकारिक वितरक लक्ष्मी इ–मोबिलिटीले जानकारी दिएको छ । स्मार्ट प्रविधि, आकर्षक डिजाइन, उन्नत सुरक्षा र लामो ड्राइभिङ रेन्ज फोर्थिङ फ्राइडे इभीको प्रमुख आकर्षणको रुपमा छ । नयाँ गाडी नेपाली उपभोक्ता र भुगोलो सुहाउँदै भएकाले इभी बजारमा सकारात्मक प्रभाव पार्ने कम्पनीको अपेक्षा छ ।
फोर्थिङ फ्राइडे इभी एक उच्च प्रविधियुक्त, स्टाइलिश र पूर्णरूपमा विद्युतीय एसयुभी हो। यसको लम्बाइ ४६०० मिमी, चौडाइ १८६० मिमी र उचाइ १६८० मिमी रहेको छ भने २७१५ मिमीको ह्वीलबेसले यात्रालाई थप आरामदायी बनाउने कम्पनीको दाबी छ। सामान राख्नका लागि ४८० लिटरको फराकिलो बुट स्पेश छ ।
गाडीमा ९९ किलोवाट (१३५ एचपी) क्षमताको मोटरले १७४ एनएम टर्क प्रदान गर्छ । तीन चरणको इनर्जी रिकभरी प्रणालीसहित ६४.४ केडब्लुएच क्षमताको ब्याट्री जडान गरिएको यो एसयुभीले एकपटकको पूर्ण चार्जमा ४०० किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । चार्जरमार्फत ० देखि १०० प्रतिशत चार्ज ७ घण्टामा र ८० किलोवाट क्षमताको डीसी फास्ट चार्जरबाट ३० देखि ८० प्रतिशत चार्ज हुन ३० मिनेट लाग्छ ।
डिजाइन र फिचर
फ्राइडे इभीमा सिंहको लोगो रहेको फ्रन्ट ग्रिल, एलईडी हेडलाइट र डे टाइम रनिङ लाइट (डीआरएल) दिइएको छ। साथै स्मार्ट हाइ–लो बीम, १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ८.८ इन्च डिजिटल क्लस्टर, वायरलेस चार्जर, क्रिस्टल गियर नब, सिट हिटिङ र म्यासेज फिचर लगायत प्रिमियम इन्टेरियर फिचरले प्रयोगकर्तालाई लक्जरी अनुभव दिनेछ।
सुरक्षा र प्रविधि
गाडीमा ६ वटा एयरब्याग, एबीएस, ईबीडी, ईएससी, ट्र्याक्सन कन्ट्रोल, हिल असिस्ट लगायतका सुरक्षा फिचर उपलब्ध छन्। साथै, एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम –एडीएडीएस) अन्तर्गतका आधुनिक प्रविधिहरूले चालकलाई थप सुरक्षासहित सहज सवारी अनुभव दिनेछन्।
नेपाली बजारको सम्भावना
फोर्थिङ फ्राइडे इभीले डिजाइन, प्रविधि र सुरक्षा क्षेत्रमा नयाँ मापदण्ड स्थापनासँगै नेपाली उपभोक्ताका लागि आधुनिक, दिगो र वातावरणमैत्री सवारी विकल्पको रूपमा आफूलाई प्रस्तुत गर्ने कम्पनीको विश्वास । जलवायु परिवर्तन र विद्युतीय सवारीप्रतिको बढ्दो चासोलाई ध्यानमा राख्दै, कम्पनीले नेपाली बजारमा फ्राइडे इभीलाई प्रस्तुत गर्न लागेको हो।
फोर्थिङ ब्रान्डको स्थापना सन् २००१ मा भएको हो। कम्पनीले युवा पुस्तालाई लक्षित गर्दै स्मार्ट, स्टाइलिश र टिकाउ मोबिलिटी समाधानहरू प्रदान गर्दै आएको छ। यसका उत्पादनहरू दक्षिणपूर्वी एशिया, मध्यपूर्व, अफ्रिका र दक्षिण अमेरिका लगायत ४० भन्दा बढी देशहरूमा निर्यात भइरहेका छन्।
नेपालमा फ्राइडे इभीको मूल्य हाल सार्वजनिक गरिएको छैन । यसको औपचारिक जानकारी नाइमा अटो शो मार्फत गरिने कम्पनीले जनाएको छ।

