काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडको हकप्रद मार्फत नबिकेको २,४८,८३२ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । कम्पनीको शेयर खरिद गर्न चाहने खरिद कर्ताले २०८२ साउन २१ गते भित्र प्रति कित्ता के कति दर रेटमा लिन कबुल गर्ने हो खुलाई ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाण्डौ ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा कार्यालयहरु विर्तामोड हनुमानदास रोड, विराटनगर जनकपुर आर्दशनगर, वीरगंज हेटौडा नारायणगढ न्यूरोड, पोखरा बुटवल-मिलनचोक बाग्लुङ्ग नेपालगंज – त्रिभुवन चोक सुर्खेत घोराही, दाङ धनगढी महेन्द्रनगर मा पुगने गरि गोप्य शिलबन्दी गरि पेश नगर्नु पर्नेछ
बोलपत्र आवेदन फारम. १००/- नगद भुक्तानी गरी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
शेयरको न्युनतम मूल्य प्रति शेयर .१००/- तोकिएको हुंदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । साथै, बोलपत्र फाराम शिलबन्दी गरिएको हुनुपर्नेछ ।

