नेपाल इन्भेष्मेन्ट मेगा बैङ्कको  संस्थापक शेयर बिक्रिमा

काठमाडौं । नेपाल इन्भेष्मेन्ट मेगा बैङ्कको  २१४,०४९ कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । बिक्रिमा रहेको शेय खरिद गर्ने पहिलो प्राथमिकता  बिध्यमान शेयर धनीनै हुने कानूनी  व्यवस्था  भएकोले सो शेयर खरिद गर्न चाहने बिध्यमान शेयर धनिले ३५ दिन भित्र  के-कति रकममा खरिद गर्ने हो सो समेत खुलाइ यस बैंकको शेयर शाखा लाजिम्पाट, काठमाण्डौमा निवेदन माग गरेको छ  ।

बैङ्कले तोकिएको समयभित्र सो शेयर खरिदको लागि विद्यमान संस्थापक शेयरधनीको आवेदन  प्राप्त हुन नआएमा प्रचलित नियमानुसार अन्य व्यक्ति वा संस्थालाई उक्त शेयरहरु खरिद बिक्री गर्न आवश्यक कारवाही अघि बढाईने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार