काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा १ अर्ब १४ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.८६ प्रतिशत कम हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३२ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी २ अर्ब ५५ करोड ४ लाखबाट घटेर १ अर्ब ८९ करोड ९८ लाख रुपैयाँ कायम भएको छ । उक्त आम्दानी घट्दा नाफामा दबाब परेको हो । यता, बैंकले ४ करोड ४२ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज रिभर्स गरेको छ । वितरण योग्य नाफा भने ६६ करोड ७९ लाखबाट बढेर १ अर्ब १७ करोड पुगेको छ ।
२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेड कोषमा ४ अर्ब ७ करोड जम्मा छ । प्रतिसेयर आम्दानी ५.३० रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ ११८.८८ रुपैयाँ छ ।

