सिनर्जी पावरले २ हाइड्रोपावर कम्पनीको सेयर खरिद गर्दै

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले २ वटा जलविद्युत कम्पनीहरुको सेयर खरिद गर्ने भएको छ । कम्पनीले एपेक्स मकालु हाइड्रोपावर र गौरीशंकर पावरको सेयर खरिद गर्ने भएको हो । सिनर्जीले एपेक्स मकालुको ११ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित दरमा खरिद गर्ने भएको छ । त्यसैगरी, गौरीशंकर पावरको १४ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित दरमा खरिद गर्ने भएको हो । कम्पनीले कुल २५ करोड लगानी गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार