आइपीओ बिक्रीको तयारीमा रहेको अम्बे स्टील्सको ९ महिनाको आम्दानी ६ अर्ब २८ करोड

काठमाडौं । अम्बे स्टील्स् लिमिटेडले गत आर्थिक वर्षको ९ महिनामा ६ अर्ब २८ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले अघिल्लो वर्ष अर्थात, सन् २०२४ मा ८ अर्ब ५ करोड, सन् २०२३ मा ८ अर्ब ३४ करोड, सन् २०२२ मा १० अर्ब ८७ करोड रुपैयाँ आम्दानी गरेको रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले जनाएको छ ।

यस कम्पनीले ६ अर्ब ५७ करोड २० लाख रुपैयाँ बैंक कर्जाका लागि रेटिङ गराएको छ । जसमध्ये लङ ट्रम २ अर्ब १४ करोड कर्जाका लागि ‘आइआरएन बीबीबी माइनस’ र सर्ट ट्रम ४ अर्ब ४२ करोड ३५ लाख रुपैयाँका लागि ‘आइआरएन ए३’ रेटिङ पुनः पुष्टि गरेको छ ।

कम्पनीले अम्बे टीएमटी र अम्बे जीआइ जस्ता ब्रान्डमार्फत आफ्ना उत्पादनहरु देशभर ६५५ भन्दा बढी वितरकमार्फत बिक्री गर्दै आएको छ । साथै, कम्पनीसँग ८० हजार मेट्रिक टन वार्षिक क्षमता भएको बिलेट उत्पादन प्लान्टसमेत रहेको छ । तर, कम्पनीको पुँजी संरचना अझै पनि केही हदसम्म उच्च जोखिमयुक्त अवस्थामा रहेको देखिएको छ ।

अम्बे स्टील्सले आगामी दिनमा आइपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । सफलतापूर्वक आइपीओ निष्कासन गरी ऋण परिशोधन गरेपछि कम्पनीको पुँजी संरचनामा सुधार आउने अपेक्षा गरिएको छ । इन्फोमेरिक्सका अनुसार स्टिल उद्योगमा तीव्र प्रतिस्पर्धा, कच्चा पदार्थको मूल्य उतारचढाव तथा विदेशी मुद्रा विनिमय जोखिमजस्ता चुनौतीहरु कम्पनीले सामना गरिरहनु परेको छ। यद्दपि, कम्पनीको दीर्घकालीन रणनीति, उत्पादन विविधता र व्यवस्थापन क्षमता सकारात्मक पक्षका रुपमा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार