CLI

सामाजिक सुरक्षा कोषमा झण्डै २४ लाख योगदानकर्ताबाट ८७ अर्ब २३ करोड योगदान रकम जम्मा

काठमाडौं । सामाजिक सुरक्षा कोषमा २१ हजार ४७ रोजगार दाता कम्पनी सुचिकृत भएका छन्। भने सुचीकृत योगदान कर्ता को संख्या २३ लाख ९५ हजार ३७ जना समाबेध भएका छन् सामाजिकम सुरक्षा कोषमा नागरि स्वयम पनि योगदान गर्न सक्ने व्यवस्था रहेको छ । भने कुल २३ लाख ९५ हजार ३७ योगदान कर्ताबाट ८७ अर्ब १ करोड २२ क ७ हजार ६ सय १६ योगदान रकम जम्मा भएको छ । भने यो बिचमा सामाजिक सुरक्षा कोषले १५ अर्व ८३ करोड १ लाख ५१ हजार ९ सय ५२ रुपैया दाबि भुक्तानी गरेको छ ।

कोषले योगदान कर्तालाई औसधि उपचार,स्वास्थ्य तथा मातृत्व दावी रकम बबापत २ अर्ब १६ करोड ९५ लाख ५० हजार ४२ रकम भुक्तानी गरेको सामाजिक सुरक्षा कोषले जनाएको छ त्तयसैगरि यो अबधिमा कोषबाट २० करोड ९२ लाख ३७ हजार २ सय १५ रुपैया दुर्घटना तथा अशक्तता सुरक्षा दाबी अन्तर्गत दाबी परेको छ भने आश्रित परिवार सुरक्षा दावी रकम अन्त्गत २६ करोड ९० लाख ७४ हजार ८ सय ५८ रुपैया दाबी भुक्ताणी भएको छ । सोहो अबधिमा सामाजिक सुरक्षा कोषमा १३ अर्व १९ करोड १२ लाख ८९ हजार ८ सय ३६ रुपैया  अबकास दाबि रकम भुक्तानी गरेको बताएको छ ।

सामाजिक सुरक्षा कोषले २०७५ मंसिर ११ बाट सामाजिक सुरक्षा योजनाको औपचारिक सुरुवार गरेको हु भने  २९७६ साउन १ देखी योगदान रकम संकलन सुरु गरेको हो ।

 

Leave Your Comment

Related News