साङ्ग्रिला डेभलपमेन्ट बैंकको प्रतिशेयर आम्दानीसहित मुनाफा बढ्यो

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ  । यस विवरण अनुसार, बैंकको वितरणयोग्य मुनाफामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २१३.८१ प्रतिशतको विशाल वृद्धि भएको छ  ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा, बैंकले ४१ करोड ३८ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १३ करोड १८ लाख रुपैयाँ मात्र थियो । बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानीमा पनि ठूलो सुधार देखिएको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ७ रुपैयाँ ८० पैसाले बढेर ११ रुपैयाँ ६४ पैसा पुगेको छ ।

खुद नाफामा भने सामान्य वृद्धि भएको छ । समीक्षा अवधिमा बैंकको खुद नाफा ६.५१ प्रतिशतले बढेर ५३ करोड ७० लाख रुपैयाँ पुगेको छ । यद्यपि, बैंकको खुद ब्याज आम्दानीमा १.३६ प्रतिशतले सामान्य गिरावट आएको छ । खुद फि तथा कमिशन आम्दानी ९.१५ प्रतिशतले बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी ३.३९ प्रतिशत र सञ्चालन मुनाफा १०.०६ प्रतिशतले बढेको छ ।

असार मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी ४० पैसाले बढेर १५ रुपैयाँ १० पैसा कायम भएको छ । यस अवधिमा बैंकको मूल्य आम्दानी अनुपात ३०.६५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ७१ पैसा रहेको छ ।

हाल ३ अर्ब ५५ करोड ६२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकले जगेडा कोषमा २ अर्ब १ करोड ६८ लाख रुपैयाँ सञ्चित गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ५४ अर्ब ६६ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब २ करोड १४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार