काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार संस्थाले १२ महिनामा ५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १४०.६२ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यस संस्थाले २ करोड १२ लाख नाफा कमाएको थियो ।
लघुवित्तको खुद ब्याज आम्दानी ८ करोड २९ लाखबाट बढेर १३ करोड ५२ लाख रुपैयाँ पुगेको छ । ब्याज आम्दानी बढ्दा नाफामा सुधार आएको हो । १२ करोड २४ लाख ४३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ८ करोड ५२ लाख जम्मा छ । अघिल्लो वर्ष उक्त कोषमा ३ करोड ५१ लाख थियो ।
१२ महिनासम्म आइपुग्दा यस संस्थाको प्रतिसेयर आम्दानी ४१.८१ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १६९.६२ रुपैयाँ छ । एनपीएल १.५८ प्रतिशत कायम भएको छ ।

