प्रिमियममा आइपीओ बिक्रीको तयारीमा रहेको सेन्चुरी इनर्जीको ९ महिनाको आम्दानी ३ करोड ८० लाख, कति पायो रेटिङ ?

काठमाडौं । सेन्चुरी इनर्जी लिमिटेडले गत आर्थिक वर्षको ९ महिनामा ३ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले २०८०-८१ मा (सन् २०२४) मा भने ४ करोड ८० लाख र सन् २०२३ मा ४ करोड २० लाख आम्दानी गरेको रेटिङ एजेन्सी केयर रेटिङ नेपाल लिमिटेडले जनाएको छ ।

सेन्चुरीलाे ‘केयर एनपी बीबीबी माइनस’ रेटिङ पुनःपुष्टि गराएको छ । यो रेटिङ प्राप्त कम्पनीले समयमै वित्तीय दायित्व पूरा गर्ने मामलामा मध्यम स्तरको सुरक्षा प्रदान गर्ने मानिन्छ । यस कम्पनीले ०.९९७ मेगावाट क्षमताको हाँडी खोला सुनकोशी ए जलविद्युत् आयोजना सन् २०२० मा सञ्चालनमा ल्याएको हो ।

एजेन्सीका अनुसार सेन्चुरीको वित्तीय सूचकहरुमा उल्लेखनीय सुधार देखिएको छ । कम्पनीसँग २०२४ को अन्त्यसम्म ३ करोड ७० लाख नगद मौज्दात रहेको छ । सेन्चुरीले नेपाल विद्युत प्राधिकरणसँग ३० वर्षे विद्युत खरिद सम्झौता गरेको छ । सम्झौताअनुसार मनसुनमा प्रति यूनिट ४.८० र हिउँदमा ८.४० रुपैयाँको दरले बिजुली बिक्री हुन्छ ।

उक्त आयोजना १ मेगावाटभन्दा कम क्षमताको भएकाले कम्पनीलाई सरकारबाट कर छुट, रोयल्टी मिनाहा, तथा अन्य नियामकीय सुविधाहरु प्राप्त छन् । कम्पनी अहिले आइपीओको तयारीमा रहेको र त्यसबाट उठ्ने रकमले ऋण तिर्न तथा अन्य जलविद्युत आयोजना निर्माणमा प्रयोग गरिने बताइएको छ ।

नेपाल सरकार र नेपाल राष्ट्र बैंकद्वारा उर्जा क्षेत्रलाई दिइएको प्राथमिकता र सुविधा नीतिले सेन्चुरी लगायत अन्य उर्जा कम्पनीहरुलाई दीर्घकालीन रुपमा लाभ पुर्‍याउने अपेक्षा गरिएको छ । यो कम्पनीले प्रतिकित्ता २७५.११ रुपैयाँका दरले ३ लाख कित्ता सेयर आइपीओ मार्फत बिक्रीका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार