थाइल्याण्ड–कम्बोडिया सीमामा भीषण भिडन्त, ९ नागरिकको मृत्यु

काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा स्थित विवादित क्षेत्र प्रसात ता मुएन थोम नजिक भीषण सशस्त्र झडप भएको छ, जसमा कम्तिमा ९ जना थाइ नागरिकको मृत्यु भएको छ भने ४० हजार भन्दा बढी नागरिकहरु विस्थापित भएका छन् । भिडन्तमा एक ८ वर्षीय बालकको ज्यान गएको पुष्टि गरिएको छ ।

थाई सैनिक स्रोतका अनुसार कम्बोडियाली सेनाले बीएम २१ रकेट लञ्चर र तोपखाना प्रयोग गरेर थाइ सीमा क्षेत्रमा आक्रमण सुरु गरेको थियो । जवाफमा थाइल्याण्डले ६ वटा एफ १६ लडाकु विमान प्रयोग गरी कम्बोडियाली सैन्य आधारहरुमा हवाई हमला गर्‍यो । झडपको कारण सिसाकेत, सुरिन, बुरिराम लगायतका सीमावर्ती प्रान्तमा त्रास फैलिएको छ । स्थिति थप जटिल बन्दै गएपछि दुवै देशले राजदूतहरु फिर्ता बोलाइएका छन् र सैनिक गतिविधि तीव्र पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार