बन्दीपुर केवलकारको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आईपीओमा यसअघि नै मागभन्दा २.२५ गुणा बढी आवेदन परिसकेको छ ।

सीडीएसका अनुसार हीबार बिहान १०ः६ बजेसम्म ५१ हजार ७५९ जनाले ११ लाख ४६ हजार ५६० कित्ताका लागि ११ करोड ४६ लाख ५६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

कम्पनीले साउन ६ गतेदेखि १०० रुपैयाँ अंकित दरका ५ लाख २९ हजार ४०० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा साउन ९ गते र ढिलोमा साउन २० गते हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार