नबिल बैंकको ऋणपत्रमा साउन २० गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । नबिल बैंक लिमिटेडको ८ वर्ष अवधि तथा वार्षिक ७ प्रतिशत ब्याजदर भएको ‘७% नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्रको बिक्री निष्काशन जारी छ । गत असार ६ गतेदेखि बिक्री खुला गरिएको उक्त ऋणपत्रमा साउन २० गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रति ऋणपत्र रु. एक हजार अङ्कित मूल्यका ३० लाख कित्ताले हुन आउने रु. ३ अर्ब बराबरको ऋणपत्र बिक्री गर्न लागिएको हो । जसमध्ये १८ लाख कित्ता ऋणपत्रले हुन आउने कुल रु. १ अर्ब ८० करोड ऋणपुँजी रकम व्यक्तिगत तबरबाट बिक्री गर्न र १२ लाख कित्ता ऋणपत्रले हुन आउने रु. १ अर्ब २० करोड ऋणपुँजी रकम (जसमध्ये ५% अर्थात् ६०,००० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँडफाँड गरिएको समेत) बिक्रीको अनुमति बैंकले पाएको छ ।

ऋणपत्रमा न्युनतम २५ कित्तादेखि अकितम ११ लाख ४० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार