सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको भाउ शुक्रबार ५०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि, बिहीबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँ रहेको थियो । यता, आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर २३ सय ४० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार