सानिमा बैंकको अन्तर बैंक टेलर क्युआर कारोबार सेवा सञ्चालनमा

काठमाडौं । सानिमा बैंकले फोन पेसँगको सहकार्यमा अन्तर बैंक टेलर क्युआर कारोबार सेवा सञ्चालनमा ल्याएको छ । यस सेवा अन्तर्गत ग्राहकहरुले फोन पे नेटवर्कमा आवद्ध अन्य बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एप प्रयोग गरी सानिमा बैंकको कुनै पनि शाखाबाट रकम झिक्न सक्नेछन् ।

यो सेवाले दुर्गम स्थानका शाखामा सिमित एटिएम पहुँच भएका ग्राहकहरुलाई आपतकालीन अवस्थामा रकम झिक्न सहयोग गर्ने बैंकले जनाएको छ । साथै, अन्य सेवा शुल्क जस्तै अनलाइन शुल्क वा एफवाइसी सटही भुक्तानीका लागि पनि उपयोगी हुनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार