काठमाडौं । ‘सर्वश्रेष्ठ वितरक-दक्षिण एसिया’ पुरस्कारबाट बतास एमएडब्ल्यू कमर्सियल भेहिकल सम्मानित भएको छ । १६ जुलाईदेखि २० जुलाईसम्म मलेसियामा भोल्भो आइसर कमर्सियल भेहिकल (भीईसीई)द्वारा आयोजित अन्तर्राष्ट्रिय वार्षिक डिलर सम्मेलन २०२५ मा प्रतिष्ठित ‘सर्वश्रेष्ठ वितरक-दक्षिण एसिया’ पुरस्कारबाट सो कम्पनी सम्मानित भएको हो ।
यो पुरस्कार भीईसीईका एम्डी तथा सीईओ विनोद अग्रवालले प्रदान गरेका थिए । हेमन्त पुराणिक र शान्ता राज बतासले पुरस्कार ग्रहण गरेका थिए । दक्षिणएसिया भीईसीईको अन्तर्राष्ट्रिय व्यापारको लागि सबैभन्दा महत्त्वपूर्ण क्षेत्रहरू मध्ये एक हो र यसक्षेत्रमा उत्कृष्ट वितरकको रूपमा सम्मानित हुनु कम्पनीको लागि एउटा ऐतिहासिक उपलब्धि भएको जनाईएको छ ।
बिक्री तथा बिक्रीपछिको सेवावृद्धि, बजार साझेदारी आदि जस्ता विभिन्न पक्षहरुको गहन मूल्याङ्कनको आधारमा भीईसीईका १० प्रतिष्ठित विज्ञहरूको निर्णायक मण्डलले पुरस्कारलाई अन्तिम रूप दिएको हो।
बतास एमएडब्ल्यू कमर्सियल भेहिकल नेपालमा भोल्भो आइसर कमर्सियल भेहिकलको बिक्री, वितरण र बिक्रीपछिको सेवाको लागि जिम्मेवार छ । विगत एकवर्षमा, बतास एमएडब्ल्यू कमर्सियल भेहिकलको प्रदर्शन दोब्बर भएको छ, जसले यसलाई नेपालमा सबैभन्दा छिटो बढ्दो व्यावसायिक सवारी वितरकको रूपमा स्थान दिएको छ ।
भोल्भो आइसर कमर्सियल भेहिकलले नेपालमा सफलता पूर्वक बलियो उपस्थिति स्थापित गरेको छ । तिनीहरूका साना, मध्यम र भारी सवारी साधनहरू नेपालको भूभागमा राम्रोसँग उपयुक्त छन् । भीईसीईले भर्खरै सुरु गरेको प्रिमियम लक्जरी कोच, म्याजेस्टिक, नेपालमा तिब्र बिक्री हुने प्रिमियम कोच बनेको छ र देशभर उत्साहका साथ यसलाई अँगालिएको छ।
भविष्यलाई हेर्दा बतास एमएडब्ल्यू कमर्सियल भेहिकल नेपालमा सकेसम्म चाँडो नम्बर १ व्यावसायिक सवारी ब्रान्ड बन्न पूर्णरूपमा प्रतिबद्ध छ । प्रतिष्ठित समग्र उत्कृष्ट डिलर अवार्ड प्राप्त गरेको अवसरमा सम्बोधन गर्दै एमएडब्लु कमर्सियल भेहिकलका उपाध्यक्ष हेमन्त पुराणिकले यो अवार्ड ग्राहकहरूको अपार विश्वासको परिणाम भएको बताए ।

