चितवनमा तालिका निकालेर ६ घण्टा लोडसेडिङ, क्षमताले नधानेको दाबी

काठमाडौं । नेपाल विद्युत प्राधिकरण चुनौली वितरण केन्द्र, चितवनले बिजुलीको माग धान्न नसकेपछि आज पश्चिम चितवनमा ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । पश्चिम चितवन र माडी क्षेत्रमा आइतबार बिहान ३ घण्टा र दिउँसो ३ घण्टा गरी ६ घण्टा लोडसेडिङ हुन लागेको हो।

चुनौली वितरण केन्द्र मार्फत वितरित विद्युत लाइन भरतपुर १३२ / ३३ केभी सब स्टेशनबाट आउने ३३ केभी कन्डक्टर तारमा ३०० एम्पिएर भन्दा बढी विद्युत प्रवाह गर्न नमिल्ने (क्षमताले नधान्ने) अवस्था रहेको सूचनामा भनिएको छ । यसको समाधानको लागि अघिल्लो आवमा नै बसेनी सब स्टेशनबाट विद्युत आपूर्ति गर्ने गरी अर्को ३३ केभी. प्रसारण लाईन निर्माणको क्रममा रहेको बताइएको छ ।

तर अत्याधिक गर्मी र रोपाईको समयमा आकाशे पानी नपरेकोले सिँचाइ ग्राहकहरुको लोड बढ्न गई विद्युतको माग ४५० एम्पिएर सम्म पुगेकाले केही दिनदेखि लोड व्यवस्थापनमा समस्या आइरहेको प्राधिकरणले बताएको छ ।

जसकारण लोड व्यवस्थापनका लागि लोडसेडिङको सूचना जारी गरिएको हो ।

तालिकाअनुसार  नारायणी-माडी फिडरहरु बिहान ६:०० देखि ९:०० र दिउँसो ३:०० देखि ६:०० बजे सम्म लोडसेडिङ हुनेछ । यस्तै मेघौली-विजयनगर-शुक्रनगर फिडरहरुमा बिहान ९:०० देखि १२:०० र बेलुका ६:०० देखि ९:०० बजे सम्म ३. जगतपुर- रामपुर फिडरहरु : दिउँसो १२:०० देखि ३:०० र बेलुका ९:०० देखि १२:०० बजे सम्म लोडसेडिङ हुने सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार