काठमाडौं । पिपुल्स पावर लिमिटेडको ३९ लाख ७ हजार ९४८ कित्ता शेयरको लकइन आगामी भदौ १२ गते सकिने भएको छ ।
कम्पनीको संस्थापकतर्फको ३२ लाख २६ हजार कित्ता, कर्मचारीतर्फको ४९ हजार ३४८ कित्ता र स्थानीयतर्फको ६ लाख ३२ हजार ९४८ कित्ता शेयरको लकइन आगामी भदौ १२ गते सकिने भएको हो ।
कम्पनीले सर्वसाधारणमा २०७९ साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म आईपीओ निष्कासन गरी भदौ १२ गते बाँडफाँट गरेको थियो ।
सर्वसाधारणमा आईपीओ बाँडफाँट भएको मितिदेखि तीन वर्षसम्म यी शेयर लकइनमा रहेका हुन् । भदौ १२ गतेपछि सम्बन्धित शेयरधनीहरूले उल्लेखित कित्ता शेयर कारोबार गर्न सक्नेछन् ।

