फेदीखोला​​​​​​​ हाईड्रोपावर आईपीओ निष्कासनको तयारीमा

काठमाडौं । फेदीखोला हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ ।

साउन ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने लगायतका प्रस्ताव पारितका लागि साउन ३० गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभा काठमाडौंको बुद्धनगरस्थित डीडीआई ब्यांकेटमा दिउँसो २ बजे शुरु हुनेछ ।

सभाले आईपीओ निष्कासन गर्ने र त्यसका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिनेछ । साथै गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार