CLI

नाइमा २०२५ मा सार्वजनिक हुँदै नेपालको लागि नयाँ ‘फोर्थिङ इभी

काठमाडौं । नेपालको बढ्दो इलेक्ट्रिक सवारी साधन (इभि)बजारमा सशक्त पहिचान बनाइसकेको लक्ष्मी ई-मोबिलिटीले चीनको उदाउँदो इलेक्ट्रिक गाडी ब्रान्ड ‘फोर्थिङ’ लाई नेपाली बजारमा ल्याउने घोषणा गरेको छ । नेपालको इलेक्ट्रिक मोबिलिटी क्रान्तिलाई अझ तीव्र बनाउने दिशामा यो एक महत्वपूर्णकदम मानिएको छ।

फोर्थिङको पहिलो मोडल नेपाली बजारमा श्रावन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नेपाल अटोमोबाइल आयातकर्तातथा निर्माता संघको राष्ट्रिय अटो प्रदर्शनी नाइमा २०२५ मार्फत सार्वजनिक गरिनेछ।

विश्वव्यापी रूपमा स्मार्टडिजाइन र अत्याधुनिक इलेक्ट्रिक मोबिलिटी प्रविधिका लागि चिनिएको फोर्थिङ ब्रान्डले नेपालमा प्रिमियम इलेक्ट्रिक सबसँग आफ्नो सुरुवात गर्दैछ। यो गाडीले प्रदर्शन, प्रविधिर आधुनिक डिजाइनलाई समेट्दै नेपाली ग्राहकको बदलिंदो आवश्यकतामा केन्द्रित समाधान दिने कम्पनीको दाबी छ ।

गाडीको औपचारिक उद्घाटन नाइमा २०२५ मा गर्ने कम्पनीको योजना छ । शोको लागिस्टल नम्बर ए४ मा आउन कम्पनीको अनुरोध छ ।

Leave Your Comment

Related News