युरो र अस्ट्रेलियन डलरको मूल्य बढ्यो, अन्य मुद्रा कतिमा हुँदैछ किनबेच?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ ।

यसदिन अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरोपियन युरो, अस्ट्रेलियन डलरसहितका मुद्राको भाउ बढेको छ । बेलायती पाउन्ड स्टर्लिङसहित केही विदेशी मुद्राको मूल्यमा भने ह्रास आएको छ ।

आज अमेरिकी डलर एकको खरिदमूल्य १३८ रुपैयाँ १३ पैसा र बिक्रीमूल्य १३८ रुपैयाँ ७३ पैसा रहेको छ । विगत तीन दिनदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार भैरहेको छ ।

यसदिन युरोपियन युरो एकको खरिदर १६२ रुपियाँ १९ पैसा र बिक्रीदर १६२ रुपियाँ ९० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर १८५ रुपियाँ ६३ पैसा र बिक्रीदर १८६ रुपियाँ ४३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपियाँ ७० पैसा र बिक्रीदर ९१ रुपियाँ १० पैसा रहेको छ ।

स्वीस फ्र्यांक एकको खरिददर १७३ रुपियाँ ७८  पैसा र बिक्रीदर १७४ रुपियाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ २७ पैसा र बिक्रीदर १९ रुपियाँ ३५ पैसा,  क्यानेडियन डलर एकको खरिदर १०० रुपियाँ ८१ पैसा र बिक्रीदर १०१ रुपियाँ २५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ८० पैसा र बिक्रीदर १०८ रुपियाँ २७ पैसा कायम भएको छ ।

जापानी येन १० को खरिदर नौ रुपियाँ ३५ पैसा र बिक्रीदर नौ रुपियाँ ३९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ८२ पैसा र बिक्रीदर ३६ रुपियाँ ९८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ७९ पैसा र बिक्रीदर ३७ रुपियाँ ९६ पैसा कायम भएको छ ।

थाई भाट एकको खरिददर चार रुपियाँ २७ पैसा र बिक्रीदर चार रुपियाँ २९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ६१ पैसा र बिक्रीदर ३७ रुपियाँ ७७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ७२ पैसा र बिक्रीदर ३२ रुपियाँ ८६ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ९८ पैसा र बिक्रीदर १० रुपियाँ ०३ पैसा रहेको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपियाँ ६० पैसा र बिक्रीदर १७ रुपियाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रुपियाँ ९० पैसा र बिक्रीदर ४५४ रुपियाँ ८७ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रुपियाँ ३९ पैसा र बिक्रीदर ३६७ रुपियाँ ९८ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रुयैयाँ २५ पैसा र बिक्रीदर ३६० रुपियाँ ६१ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार