रिज लाइन इनर्जीको साधारण सभा भदौ ४ गते, आईपीओ निष्काशनको प्रस्ताव

काठमाडौँ । रिज लाइन इनर्जी लिमिटेडको वार्षिक विशेष साधारण सभा आगामी भदौ ४ गते हुने भएको छ । साउन ११ गते बसेको कम्पनीको सञ्चालक समितिको ९५ औँ बैठकले कम्पनीको चौथो वार्षिक साधारण सभाको मिति, समय र स्थानसहित विषयहरुबारे निर्णय गरेको हो ।

कम्पनीको वार्षिक विशेष साधारण सभा दिउँसो ३ बजेदेखि ललितपुरको होटल हिमालय होटलमा हुने तय भएको हो ।

साधारण सभाका लागि आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको प्रतिवेदनबारे छलफल, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०८१/०८२ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगाय वित्तीय विवरणहरु बारे छलफल गर्ने साधारण प्रस्तावहरु गरिएको छ ।

कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८२/०८३ को लागि लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने बारे, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम लाभांश रकम सात करोड ७८ लाख ३५ हजार रुपैयाँ नगद लाभांश स्वीकृत गर्ने प्रस्ताव रहेको छ ।

यस्तै सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्ने, प्रारम्भिक सार्वजनिक निष्काशनबाट प्राप्त हुने रकमको उपयोग गर्ने विशेष प्रस्ताव पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार