स्थानीय तहले वाणिज्य बैंकमा खाता खोल्न राष्ट्र बैङ्कको अनुमति लिन नपर्ने

काठमाडौं । स्थानीय तहअन्तर्गतका विभिन्न निकायहरूले वाणिज्य बैंकहरुमा खाता खोल्दा नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनु नपर्ने भएको छ। केन्द्रीय बैंकले एक परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले सरकारी कारोबार निर्देशका, २०७६ (दोस्रो संशोधन, २०८१) बमोजिम अब स्थानीय तहअन्तर्गतका समिति, बोर्ड र कोषको ग समूहको राष्ट्र बैंकबाट अनुमति प्राप्त वाणिज्य बैंकहरुमा खाता सञ्चालन गर्न थप स्वीकृति लिनु नपर्ने भएको हो। यसअघि राष्ट्र बैंक अनुमतिपछि मात्रै यस्ता खाता सञ्चालन गर्नुपर्ने कानूनी व्यवस्था रहेको थियो  ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार