काठमाडौं ।सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विगतका आर्थिक वर्षहरूमा वितरण गरेको नगद लाभांश, बोनस शेयर र हकप्रद शेयर नलिएका शेयरधनीहरुलाई प्रक्रिया पूरा गरी लैजान सूचना जारी गरेको छ ।
कम्पनीले शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेडको वेबसाइटमा विवरण जारी गर्दै उक्त विवरण हेरेर लाभांश रकम, बोनस वा हकप्रद शेयर समयमा नै संकलन भनेको हो ।
साथै भौतिक (कागजी) शेयर प्रमाणपत्र भएका शेयरधनीहरूलाई अभौतिकिकरण गर्न पनि आग्रह गरिएको छ ।

