CLI

आज यी नदीहरुमा बाढीको जोखिम, दोलखा र सिन्धुपाल्चोकमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पछिल्लो बाढी पूर्वानुमान बुलेटिन अनुसार आज देशका प्रमुख नदीहरूमा बाढीको जोखिम देखिएको छ ।

महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र तिनका सहायक नदीहरूमा बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ।

बुलेटिन अनुसार दोलखा र सिन्धुपाल्चोक जिल्लामा आज बहने साना नदीहरूमा उल्लेख्य बाढी तथा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ। ती क्षेत्रमा नदी आसपासका बस्ती, पुल, तटबन्ध र सवारी अवागमनमा विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यस्तै, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, धनकुटा, भोजपुर, रामेछाप, सिन्धुली, काभ्रे, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, गोरखा, धादिङ, चितवन, मकवानपुर, पाल्पा, अर्घाखाँची, बागलुङ, गुल्मी, तनहुँ, स्याङ्जा, पर्वत, रोल्पा, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, कैलाली जिल्लामा साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने सम्भावना रहेको छ ।

कोशी र नारायणी जलाधारअन्तर्गतको प्रमुख नदीहरूमा उल्लेख्य वृद्धि हुने तथा कर्णाली, महाकाली, कमला, बागमती, पश्चिम राप्ती, बबई लगायतका नदीहरूमा सामान्यदेखि उल्लेख्य बहाव बढ्ने पूर्वानुमान गरिएको छ ।

Leave Your Comment

Related News