काठमाडौं । गत वर्षको असारसम्म आइपुग्दा कुमारी सामूहिक लगानी कोषको व्यवस्थापनमा सञ्चालित ४ वटा म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) अघिल्लो महिनाको तुलनामा बढेको छ । यस्तै, यी फन्डहरुको नाफा पनि जेठको तुलनामा बढेको छ ।
जसमा कुमारी इक्विटी फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) असार महिनामा १०.७७ रुपैयाँबाट बढेर ११.४४ रुपैयाँ कायम भएको छ । यसअवधिसम्म आइपुग्दा यस फन्डको सूचीकृत कम्पनीहरुको सेयरमा लगानी पनि बढेको छ ।
सूचीकृत कम्पनीको सेयरमा लगानी ८२ करोड १२ लाख रुपैयाँबाट बढेर ९० करोड १३ लाख रुपैयाँ पुगेको छ । फन्डको बैंक मौज्दातमा २ करोड ३६ लाख जम्मा छ ।
ऋणपत्रमा भने १५ करोड ८७ लाख लगानी देखिएको छ । असारसम्म इक्विटी फन्डले १४ करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ । जेठमा यसको नाफा ७ करोड ६५ लाख थियो ।
यता, कुमारी धनवृद्धि योजनाको खुद सम्पति मूल्य (न्याभ) असार मसान्तमा १२.०४ रुपैयाँले पुगेको छ । जेठमा यस फन्डको न्याभ ११.४६ रुपैयाँ थियो । असारमा सूचीकृत कम्पनीको सेयरमा लगानी १ अर्ब १२ करोडबाट बढेर १ अर्ब १६ करोड रुपैयाँ कायम भएको छ ।
यसको बैंक मौज्दातमा ९ करोड ५६ लाख जम्मा छ । भने, ऋणपत्रमा १० करोड ७० लाख लगानी देखिएको छ । यस फन्डले १८ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ ।
कुमारी सुनौलो लगानी योजनाको खुद सम्पति मूल्य (न्याभ) असारमसान्तमा १२.३१ रुपैयाँ कायम भएको छ । जेठमा यस फन्डको न्याभ ११.७१ रुपैयाँ थियो ।
यसअवधिसम्म सूचीकृत कम्पनीको सेयरमा लगानी ५४ करोड १७ लाख रुपैयाँबाट बढेर ५६ करोड ४३ लाख रुपैयाँ कायम भएको छ । यसको बैंक मौज्दातमा ५ करोड २९ लाख रुपैयाँ रहेको छ । असार मसान्तसम्ममा यो फन्ड ६ करोड ९५ लाख रुपैयाँ नाफामा छ ।
कुमारी सबल लगानी योजनाको खुद सम्पति मूल्य (न्याभ) असारमसान्तमा ११.३५ रुपैयाँ पुगेको छ । जेठमा यस फन्डको न्याभ १०.७३ रहेको थियो ।
यसअवधिसम्म यसले सूचीकृत कम्पनीको सेयरमा ७४ करोड १८ लाख रुपैयाँलगानी गरेको छ । असारसम्म यसको बैंक मौज्दातमा ६ करोड ३२ लाख रुपैयाँ रहेको छ । असार मसान्तसम्ममा यो फन्ड ६ करोड ३८ लाख रुपैयाँ नाफामा रहेको छ । अघिल्लो महिना फन्ड १ करोड ७४ लाख नाफामा रहेको थियो ।

