काठमाडौं । आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाला सुनको मूल्य स्थिर रहेको छ । यो सँगै सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ६०० रुपैयाँ तोकिएको छ । शुक्रबार भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबारका लागि पनि छापावाला सुन प्रति १० ग्रामको मूल्य भने १ लाख ६५ हजार ९८० रुपैयाँ तोकिएको छ ।
महासंघका अनुसार आइतबारको तुलनामा सोमबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेको छ । सोमबार चाँदी प्रतितोला २ हजार २९५ रुपैयाँ तोकिएको छ । आइतबार चाँदी प्रतितोला २ हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।

