CLI

नेपाल रिका सञ्चालक दिनुका पोखरेलले दिइन् राजीनामा

काठमाडौं । नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड (नेपाल रि) का सञ्चालक दिनुका पोखरेलले राजीनामा दिएकी छिन्।

पोखरेल २०८० असार १५ गते सम्पन्न आठौं वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित भई समूह ‘ख’ नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट प्रतिनिधित्व गर्दै आएकी थिइन्।

यसैबीच उनले साउन २ गते पारिवारिक, व्यक्तिगत तथा स्वास्थ्य अवस्थाको कारण देखाउदै पदबाट राजीनामा पत्र बुझाएकी थिइन्।

उनको राजीनामा पत्र साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ।

Leave Your Comment

Related News