एनआईसी एशिया बैंकका ग्राहकलाई कान्तिपुर डेन्टलमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) प्रा.लिमा दाँतको उपचार सेवामा विशेष छुटको व्यवस्था गरिएको छ ।

बैंक र हस्पिटल बीच यस बैंकका ग्राहक महानुभावहरुलाई दाँतको उपचार सेवामा विशेष छुट उपलब्ध अन्तर्गत उक्त सेवा प्रदान गराउने विषयमा सम्झौता सम्पन्न भएको छ ।

सम्झौतापछि बैंकका ग्राहक महानुभावहरुले विभिन्न ठाउँमा रहेका कान्तिपुर डेन्टलका शाखाहरुमा दाँत उपचार गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहक महानुभावहरुले जनरल हस्पिटल सेवाहरु प्रयोगशाला जाँच, बेड चार्ज, आइसीयु, पोस्ट अप बेड चार्ज (Lab test, Bed Charge, ICU, Post up Bed Charge)   मा १५ प्रतिशत, फिजिओथेरापी तथा आई ग्लास र जनरल डेन्टल सेवाहरु दाँत भर्ने, दाँत सफा गर्ने र एक्सट्रयाक्सन इटिसी (Dental filling, Dental Scaling, RCT and Extraction ETC) मा १० प्रतिशत छुटका साथै दाँतको विशेष उपचार सेवा डेन्टल इम्प्लान्टस्, भेनर, ब्रासेस अलिजेनर, ड्रामाटोलोजिष्ट  (Dental Implants, Veneer, Braces Aligner, Dermatologist)  मा ७ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहक महानुभावहरुले काठमाडौंस्थित जोरपाटीमा केडीसी एस्थेटिक सेन्टर÷कान्तिपुर डेन्टल सेन्टर र पोखरास्थित न्युरोडमा कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्स एण्ड डेन्टल हस्पिटलमा उक्त छुट प्राप्त गर्न सक्नुहुनेछ । साथै कान्तिपुर डेन्टर सेन्टरका नाममा काठमाडौंस्थित सतुंगल, चितवनस्थित भतरपुर, बुटबलस्थित भल्वारी तिलोत्तमा उक्त छुट सुविधा ग्राहकले प्राप्त गर्नेछन् ।

यस सुविधाको उपभोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक ९ःयद्यबलप० एपमार्फत भुक्तानी गर्नुपर्ने छ । कान्तिपुर डेन्टलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार