आरविविका २ वटै म्युचुअल फन्डको न्याभ बढ्यो, नाफा कति ?

काठमाडौं । आरविवि म्युचुअल फन्ड अन्तर्गत सञ्चालित २ वटा म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) अघिल्लो महिनाको तुलनामा बढेको छ । यस्तै, यी फन्डहरुको नाफा पनि जेठको तुलनामा बढेको छ ।

जसमा आरविवि म्युचुअल फन्ड १ को (न्याभ) असार मसान्तमा १२.०१ रुपैयाँ पुगेको छ । जेठ मसान्तसम्म यस फन्डको न्याभ ११.२० रुपैयाँ रहेको थियो ।

यस फन्डले असार मसान्तसम्म १ अर्ब १८ करोड रुपैयाँ सूचीकृत सेयरमा लगानी गरेको छ । जेठमा यसले १ अर्ब १० करोड रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो । यस अवधिसम्म फन्डको बैंक मौज्दात बढेर १२ करोड ५५ लाख रुपैयाँ कायम भएको छ ।

यस फन्डको मुद्दति निक्षेपमा ५ करोड रुपैयाँ छ । असार मसान्तसम्म यो फन्ड २५ करोड २२ लाख रुपैयाँ नाफामा रहेको छ । अघिल्लो महिना फन्ड १५ करोड ६ लाख रुपैयाँ नाफामा रहेको थियो ।

आरविवि म्युचुअल फन्ड २ को (न्याभ) असार मसान्तमा १२.१४ रुपैयाँ पुगेको छ । जेठ मसान्तसम्म यस फन्डको न्याभ ११.३३ रुपैयाँ रहेको थियो ।

यस फन्डले असार मसान्तसम्म ८१ करोड ८८ लाख रुपैयाँ सूचीकृत सेयरमा लगानी गरेको छ । जेठमा यसले ७८ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो । यस अवधिसम्म फन्डको बैंक मौज्दात बढेर ८ करोड ४६ लाख रुपैयाँ कायम भएको छ ।

फन्डको मुद्दति निक्षेपमा ७ करोड रुपैयाँ छ । असार मसान्तसम्म यो फन्ड १६ करोड २० लाख रुपैयाँ नाफामा रहेको छ । अघिल्लो महिना फन्ड ९ करोड ३९ लाख रुपैयाँ नाफामा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार