CLI

आइपीओ बिक्रीको अनुमति पाएको सागर डिस्टिलरीलाई ‘आइआरएन बी प्लस’ रेटिङ, दायित्व तिर्ने क्षमतामा उच्च जोखिम

काठमाडौं । आइतबार आइपीओ बिक्रीको अनुमति प्राप्त गरेको सागत डिस्टिलरीले गत वर्ष (सन् २०२५) मा १८ करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले सन् २०२३ मा १७ करोड ७० लाख आम्दानी गरेको रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले जनाएको छ ।

कम्पनीले आइतबार धितोपत्र बोर्डबाट १०० रुपैयाँ अंकित दरमा १४ लाख ५२ हजार कित्ता सेयर बिक्रीका लागि अनुमति पाएको हो । यसले १४ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर आइपीओ मार्फत बिक्री गर्दैछ ।

रेटिङ एजेन्सीले सागर डिस्टिलरीलाई ‘आइआरएन बी प्लस’ रेटिङ पुनः पुष्टि गरेको छ । यो रेटिङले कम्पनीमा वित्तीय दायित्व समयमै तिर्न असमर्थ हुने उच्च जोखिम रहेको जनाउँछने एजेन्सीको भनाई छ।

कम्पनीले पूर्ण रुपमा उत्पादन सुरु गरेको ४ वर्ष मात्र भएको हुँदा यसको दीर्घकालीन सञ्चालन क्षमतामा अझै प्रश्न उठिरहेका छन् । उत्पादन क्षमताको मात्र १२–१८ प्रतिशत मात्रै प्रयोग भइरहेको छ, जसले बजार सम्हाल्न अझै कठिनाइ हुने संकेत दिन्छ।

कम्पनी हाल नयाँ मल्ट स्पिरिट प्लान्ट निर्माणमा ३३.४ करोड रुपैयाँ लगानी गर्दैछ, जसमा ७०% ऋण र ३०% इक्विटी रहनेछ । इक्विटी भाग भने आगामी आइपीओबाट जुटाइने योजना रहेको छ । उक्त प्लान्ट समयमै निर्माण गरी प्रभावकारी सञ्चालन गर्नु कम्पनीको भावी आर्थिक स्थायित्वका लागि महत्त्वपूर्ण मानिएको छ ।

Leave Your Comment

Related News