CLI

नेपाल इन्फ्रास्ट्रकचर्स इन्भेष्टमेन्ट फण्डले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल नियुक्त

काठमाडौं ।नेपाल इन्फ्रास्ट्रकचर्स इन्भेष्टमेन्ट फण्डले प्राथमिक शेयर (आईपीओ) को तयारी अघि बढाएको छ । कम्पनीले प्राथमिक शेयर (आईपीओ) बिक्री तथा निश्काशनको लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ। बिक्रि प्रबन्धक नियुक्त गर्ने  सम्झौतामा ग्लोबल इक्विटी फण्ड नेपालको  तर्फबाट सञ्चालक डा. मनिष थापा र  क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।

यो सहकार्यसँगै कम्पनीले औपचारिक रूपमा शेयर बजार प्रवेशको प्रक्रिया थालेको हो। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ रहेको छ। कम्पनीले आगामी सार्वजनिक निष्कासनमा ३० करोड रुपैयाँ बराबरको शेयर जारी गर्ने तयारी कम्पनीले जनाएको छ।

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड लिमिटेडलाई  नेपालको पहिलो नेपाल धितोपत्र बोर्डबाट अनुमति  प्राप्त प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फण्ड प्रबन्धक ग्लोबल इक्विटी फण्डले व्यवस्थापन गरररहेको छ ।

नेपालको आर्थिक विकासलाई दीर्घकालीन र समावेशी बनाउने उद्देश्यका साथ स्थापना गरिएको नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फन्डले पूर्वाधार क्षेत्रमा रणनीतिक लगानी विस्तार गर्दै आएको हो । ग्लोबल इक्विटी फन्डको व्यवस्थापनमा संचालित यो फन्डले दीर्घकालीन जोखिम पुँजीको पहुँच सुधार्दै, पूर्वाधार विकासमा देखिएको वित्तीय अन्तरलाई कम गर्ने रणनीति अपनाएको छ ।

फन्डले दीर्घकालीन पुँजी अभावमा रहेका पूर्वाधार तथा रणनीतिक उद्योगहरुलाई लक्षित गर्दै तीव्र वृद्धिमा सहयोग पुर्‍याउने विश्वास लिएको छ । आयात प्रतिस्थापन गर्ने र निर्यातको सम्भावना बोकेको वस्तु तथा सेवामा संलग्न कम्पनीहरुमा लगानी गर्ने नीति यस कम्पनीको केन्द्रीय रणनीति हो । यसले देशभित्रको स्थिर माग भएका क्षेत्रहरुमा केन्द्रित भएर समावेशी विकासमा योगदान दिन खोजेको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर्सले भौतिक पूर्वाधारको विकासको लागि स्वच्छ उर्जा, यातायात, विद्युतीय सवारी साधन, सौर्य, जलविद्युत, सूचना प्रविधि, कृषि र आतिथ्य जस्ता प्रमुख क्षेत्रहरुमा संचालन हुने कम्पनीहरुमा पूँजी परिचालन गरिसकेको छ ।

संस्थामा नेपालका प्रतिष्ठित ब्यबसायी राजेन्द्र खेतान र बसन्त चौधरी सहित  हिमालयन लाइफ इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, प्रभु महालक्ष्मी इन्स्योरेन्स, नेपाल नेपाल पुर्नबीमा कम्पनी शिबशक्ति घिउ ग्रुप प्रवर्धन गरेका छन् ।

Leave Your Comment

Related News