काठमाडौं । सुर्य ज्योति लाईफ ईन्स्योरेन्स कम्पनीको नाममा रहेको एनआईसी एशिया बैङ्कको १ लाख कित्ता संस्थापक शेयर गोप्य शिलबन्दीको आधारमा बिक्रिमा रहेको छ । बिक्रिमा रहेको संस्थापक शेयर खरिद गर्न चाहने लगानिकर्ताले एन आई सी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर नेपाल, थापाथली एनआइसी यसिया बैङ्कका शाखा कार्यालयहरु विराटनगर-३, मोरङ्ग आदर्शनगर, वीरगंज महेन्द्रपुल, पोखरा श्रवणपथ, बुटवल हस्पिटल लाइन, धनगढी र विरेन्द्रनगर, सुर्खेत बाट १सय रु भुक्तानी गरी प्राप्त गर्न सक्नेछन् ।
शेयर खरिदको लागि आलबन्दी बोलपत्र पेश गर्ने श्रावण १४ देखि श्रावण २९ सम्म रहेको छ । न्यनतम ५ हजात कित्ताको लागि आबेदन दिनु पर्नेछ भने शयरको न्यनतम मूल्य २ सय ३२ रुपैँया तोकिएको छ
आबेदकले बोलपत्र आवेदन फाराममा आफूले लिन चाहेको शेयर कित्ता संख्या, प्रति कित्ताको दर रेट अंक र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरमा लेखेकोलाई मान्यता दिइने कम्पनीले उल्लेख गरेको छछ ।
शेयर खरिदको लागि पेश गरिएको शिलबन्दी खाम बाहिर “सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड” उल्लेख गर्नुपर्नेछ भने गोप्य शिल्ड बोलपत्र लाहाछाप गरिएको हुनुपर्ने छ ।
शेयर खरिदको लागि आएका आवेदन मध्ये सबैभन्दा बढी मूल्यमा बोलकबोल गर्ने आवेदकले शेयर प्राप्त गर्न सक्नेछन् ।

