रिलायबल समृद्धि योजनाको नाफा ३ करोड ३२ लाख

काठमाडौं । रिलायबल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित रिलायबल समृद्धि योजनाको न्याभ ९.९६ रुपैयाँबाट बढेर १०.२८ रुपैयाँ पुगेको छ । सार्वजनिक भएको रिपोर्ट अनुसार फन्डले असारसम्म ५९ करोड १५ लाख रुपैयाँ बराबरको रकम सूचीकृत सेयरमा लगानी गरेको छ । जेठमा यसले १४ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो ।

यो फन्डको बैंक मौज्दात १ अर्ब ६७ लाखबाट घटेर ४२ करोड ९९ लाख कायम भएको छ । यसको मुद्दतिमा १७ करोड रुपैयाँ रहेको छ । असारमा फन्डले ३ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ । जेठमा यो फन्ड घाटामा थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार