CLI

प्रधानमन्त्री ओली, ‘नेपाल अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदैछ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुने बताएका छन् ।

राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै उनले नेपाल अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने बताए । उनले विगत लामो समयदेखि प्रयत्नरत रहेको बताउँदै  ४५ देशको (एलडिसी) समूहको नेतृत्व गरेको नेपाल ७ मुलुकसँगै अर्को वर्ष स्तरोन्नति हुने बताए ।

अन्तर्राष्ट्रिय छवी उँचो हुने र नेपाल आत्मनिर्भर हुने दिशा तर्फ अघि बढेको संकेतका साथै यो नेपालको लागि खुशीको कुरा भएको पनि बताएका हुन ।ओलीले नेपालको कन्ट्री रेटीङको सूचांक बलियो बन्ने र लगानीको लागि थप वातावरण तयार हुनेमा जोडदिएका छन्।

नेपालले सन् २०१० देखि नैं आवधिक योजना, बजेट तथा कार्यक्रममार्फत स्तरोन्नतिका प्रयास गर्दै आएको बताउदै संयुक्त राष्ट्र संघले सन् २०१५, २०१८ र २०२१ मा गरेको मूल्याङ्कनमा नेपालको मानव सम्पत्ति सूचकांक र आर्थिक तथा वातावरणीय जोखिम सूचकांकमा नेपालले प्रगति गरेको जनाएको थियो । तर प्रतिव्यक्ति कूल राष्ट्रिय आयमा हालै मात्र सुधार आएको स्थितिले नेपाललाई सन् २०२६ मा मात्र यो अवसर आएको ओलीको भनाई  छ ।

सम्बोधनमा ओलीले नेपालले अति कम विकसित राष्ट्रको हैसियतले प्राप्त गर्ने सुविधा, विश्व व्यापार संगठनबाट प्राप्त हुने सहुलियत, संयुक्त राष्ट्र संघ अन्तर्गत प्राप्त हुने विशेष सुविधा, विश्व बैंक लगायत अन्य द्विपक्षीय राष्ट्र, युरोपियन युनियनले दिएको सुविधामा केहि कटौती हुने स्थिति रहनुका साथै स्वास्थ्य र शिक्षाको क्षेत्रमा प्राप्तहुने सहुलियतमा केहि कटौती हुन सक्ने र नेपालमा पर्ने जलवायु परिवर्तनको असर, प्राकृतिक प्रकोपको प्रतिकुलताले नेपालको प्रगतिमा बाधा उत्पन्न हुन सक्ने बताएका छन् ।
सोहि परिस्थितिको आंकलन गरेर नेपालले गत बर्षदेखि नै परराष्ट्र मन्त्रालय मार्फत अन्तर्राष्ट्रिय कुटनैतिक पहल गरिरहेको ओलीले सम्बोधन मार्फत बताएका छन् ।

 

Leave Your Comment

Related News