जोशी हाइड्रोपावर कम्पनीको हकप्रदमा आबेदन खुल्ला

काठमाडौं । जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रदमा आवेदन खुलेको छ । कम्पनीको २०८२ असार ८ गते सम्म कायम शेयर धनीले १ कित्ता साधारण शेयर बराबर ०.६५ कित्ता शेयर (१:०.६५ ) को अनुपातमा १ सयको दरले आवेदन दिन सक्नेछन् ।   कम्पनीले  २४,१४,१०० कित्ता हकप्रद साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । कपम्पनीको हकप्रदमा  २०८२ साउन १५ गतेदेखि २०८२ भदौ ०४ गतेसम्म (बैंकिङ्ग समयसम्म) आवेदन दिन सक्नेछन।

हकप्रदमा आवेदन दिन योग्यता पुगेका आबेदकले लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड, कमल पोखरी,बाट फारम लिई आवेदन दिन सक्नेछन यसको अलवा वित्तीय संस्थाहरुबाट सि आस्वा ( CASBA) प्रणाली मार्फत समेत आवेदन दिन सकिनेछ तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट | निर्माण गरिएको सफ्टवेयर “मेरो शेयर” अनलाइन प्रयोग गरी सिआस्वा (CASBA) प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार