आज एकैदिन पाँच संसदीय समितिको वैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा गरि आज पाँच संसदीय समितिको बैठक बस्दैछ । आज बैठक बस्न लागेका समितिमा प्रतिनिधिसभा अन्तर्गत कानून न्याय तथा मानव अधिकार समिति र  कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति को वैठक बस्न लागेको हो । कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा मानव अधिकार सम्बन्धी छैटौं राष्ट्रिय कार्ययोजना (आ. व २०८२\०८३-२०८६\८७ सम्बन्धि सुझावको मस्यौदा  र नेपाल कानून परिषद् विधेयक,२०८१ को दफाबार छलफल हुने छ भने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति को वैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा भूमि व्यवस्था, सहकारी निवारण मान्त्रालयका माननीय मन्त्री, भूमि आयोगका पदाधिकारी, भूमि, वन तथा कानून क्षेत्रका विज्ञ व्यक्तित्वहरुसँग छलफल हुने कार्यसुची तोकिएको छ ।

राष्टिय सभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति  र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति रहेका छन् । विकास, आर्थिक मामिला तथा सुशासन समितिमा  मधेश प्रदेश लगायत देशका विभिन्न क्षेत्रमा देखिएको खानेपानी समस्याको समाधानको लागि मन्त्रालयबाट भएका कामकारवाही वारेमा छलफल गर्ने छ भने  विधायन व्यवस्थापन समितिले  जलस्रोत सम्वन्धि बिधेयकमा छलफल गर्ने तयारी गरेको छ । त।यसैगरि  संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय अन्तर्गतका राष्रिय गौरबको योजनाहरुको कार्याण्वयन प्रगति अवस्था समस्या समस्या समाधानको लागि भएका प्रयास र समितिसँगको अपेक्षाको बिषयमा छलफल हुनेछ तय भएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार