शिव श्री हाइड्रोपावरको हकप्रद सेयरः आजसम्म कायम सेयरधनीले आवेदन दिन पाउने

काठमाडौं । शिव श्री हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । अर्थात, आजसम्म कायम सेयरधनीले मात्र यस कम्पनीको हकपद्र भर्न पाउनेछन् । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ साउन १६ गते बुकक्लोज गर्दैछ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यस अनुसार कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार