CLI

रुससँगको सम्बन्धकै कारण भारतमाथि ट्रम्पको कारबाही: २५ प्रतिशत भन्सार र अतिरिक्त दण्ड घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि २५ प्रतिशत भन्सार शुल्क र थप दण्डात्मक शुल्क घोषणा गरेका छन् । अगस्ट १ (साउन १६) देखि लागू हुने यो निर्णयले भारतबाट अमेरिका निर्यात हुने सम्पूर्ण वस्तुहरुमा उच्च शुल्क लगाइने भएको छ ।

ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै भारतले रुसबाट निरन्तर हतियार र ऊर्जा किनिरहेका कारण यस्तो निर्णय गर्नुपरेको बताएका छन्। उनका अनुसार, “भारत हाम्रो मित्र हो, तर उसले रुससँगको व्यापारमार्फत युक्रेनमा भइरहेको युद्धलाई अप्रत्यक्ष समर्थन गरिरहेको छ।”

ट्रम्पले भारतसँगको व्यापार घाटालाई पनि चर्को आरोप लगाउँदै लेखेका छन्, “भारतले अमेरिकी उत्पादनमा अत्याधिक भन्सार लगाउँछ, तर हामीसँगको व्यापारमा ठूलो नाफा कमाइरहेको छ।”

यसै सन्दर्भमा ट्रम्पले पाकिस्तानसँग तेल विकासमा सहकार्यको घोषणा गर्दै व्यंग्यात्मक टिप्पणी गरेका छन्, “सायद एक दिन पाकिस्तानले भारतलाई नै तेल बेच्ला!” ट्रम्पको यो कदमले अमेरिका–भारत व्यापार सम्बन्धमा तनाव थपिने अनुमान गरिएको छ ।

Leave Your Comment

Related News