लगानीकर्ता प्यानिक अवस्थामा, बजार दोहोरो अंकले घट्यो, फाइनान्स बाहेक सबै उपसमूहमा गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात, बिहीबार नेप्स सूचक दोहोरो अंकले घटेको छ । बजार ३१.५० अंकले घटेर २९२२.६३ विन्दुमा झरेको छ । आज १५ अर्ब ९८ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ । कारोबार भएका ३१८ स्क्रिप्टमध्ये ५२ वटाको भाउ बढेको छ भने १९८ वटा घटेको छ ।

यता, ५ वटा कम्पनीको सेयर भाउ ९ प्रतिशत भन्दा धेरैले बढेको छ । ट्रेड टावर, नेपाल फाइनान्स, कर्पोरेट, ग्रीन डेभलपमेन्ट र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर भाउमा ९ प्रतिशत भन्दा धेरैको वृद्धि आएको छ । आज हिमालयन रिइन्सुरेन्सको १ अर्ब ३३ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ । नेपाल रिको ७५ करोड ३५ लाख, हिमालयन डिस्टिलरीको ६९ करोड ९ लाख, शिवम् सिमेन्ट्सको ६७ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार र बिहीबार ट्रेडरहरुले नाफा बुक गर्दा इन्डेक्समा दबाब परेको हो । बजार ३ हजार विन्दुमा पुगेसँगै सेयर बिक्रीगर्नेहरु बढेका हुन् ।
जसकारण लगानीकर्ताहरुमा एक किसिमको डर पैदा भएको छ । थोरै भएपनि नाफा बुक गरिहालौं भन्नै मानसिकता बनेको छ । भोलि घाटामा बिक्री गर्नु भन्दा अहिले थोरै भएपनि नाफामा सेयर बेच्दा ठीक हुने भन्दै लगानीकर्ताहरुले सेयर बिक्री बढाएका हुन् ।

तर, सेयर बजारका जानकारहरु भने मार्केट अझैपनि बुलिस नै रहेको बताउँछ । अहिले इन्डेक्समा आएको गिरावट एक सामान्य करेक्सन मात्र रहेको उनीहरुको भनाई छ । बिहीबार फाइनान्स समूह बाहेर सबै उपसमूह घटेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार