काठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकले कोरियन स्किन हस्पिटल लेट मेइनका सेवाहरुमा विशेष छुट पाउने भएका छन् । काठमाडौंको नयाँ बानेश्वर, महाराजगञ्ज र पोखरास्थित चिप्लेढुंगामा सञ्चालिन कोरियन स्किन हस्पिटल लेट मेइनका विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा बैंकसँग सम्झौता भएको छ ।
यस सम्झौतापछि बैंकका ग्राहकहरुले लेट मेइनमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । कम्पनीले उपलब्ध गराएका विभिन्न सेवाहरु जस्तै कपाल प्रत्यारोपण, अनुहारको सौन्दर्य उपचार / फेसियल, एन्टी एजिङ, घाउको दाग हटाउने उपचार, डाँडिफोर हटाउने उपचारलगायतका सेवामा १० प्रतिशत र कोरियन उत्पादनहरुमा ८ प्रतिशतको छुट सुविधा पाउन सक्नेछन् ।
यस सुविधाको उपभोग गर्न ग्राहकले एनआइसी बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।

