काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । तर डिजेल, मट्टितेलको मूल्य भने बढेको छ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटेको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढेको छ ।
इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची प्राप्त भएको भन्दै पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ । आज राती १२ बजेदेखि नयाँ मूल्य अनुसार पेट्रोलियम पदार्थको कारोबार हुनेछ।


