काठमाडौं । आई. एम. ई. लाइफ इन्स्योरेन्सले आर्थिक बर्ष २०८१\०८२ मा उत्कृष्ट व्यबसाय गर्ने कम्पनीमा आबद्ध अभिकर्ताहरुलाइ ”Business Excellence Award Night 2025(BEAN-2025)” मा सम्मान गरेको छ । आई. एम. ई. लाइफ इन्स्योरेन्सले पोखरा ग्राण्डमा आयोजित सो समारोहमा कम्पनीका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, नावय प्रमुख कार्यकारी अधिकृतहरु, चिफ मार्केटिङ अफिरहरु , प्रदेश प्रमुखहरु र कम्पनीका कर्मचारीहरुको सहभागि रहेका थिए ।

कम्पनीका अभिकर्ताहरूको व्यबसायीक उत्कृष्टता, समर्पण र निरन्तरताको कदरस्वरुप उक्त कार्यक्रम आयोजना गरेको कम्पनीले बताएको छ । ”Business Excellence Award Night 2025(BEAN-2025)” कार्यक्रमा अभिकर्ताहरूलाई नेपालमै निर्मित स्वदेशि आखिझ्याल शैलिका विशेष अवार्ड प्रदान गरेको थियो ।

कार्यक्रममा आई.एम.ई. लाइफका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले कम्पनीले प्राप्त गरेको सफलता सम्मान र अवार्डहरु अभिकर्ता र कर्मचारी साथिहरूको निरन्तर सहकार्य प्रतिफल भएको र भविष्यमा अझ प्रगतिशील, प्रविधिमैत्री, बीमित र अभिकर्ता केन्द्रित सेवाहरू सञ्चालन गर्दै लैजाने ब्यहोरा उदघोष गरेका थिए ।


